मुगुका कृषकलाई चुनावले छोएन, स्याउ बगैंचामै भ्याइनभ्याइ
८ फाल्गुन, २०८२, शुक्रवार
- पुष, माघ र फागुन महिनाको समयमा स्याउ खेती गर्ने कृषकहरुलाई स्याउका बिरुवा काँटछाँट, गोडमेल, घेराबार गर्ने, निलोतुथो वा चुना लगाउने उपयुक्त समय भएकाले कृषकहरुलाई चटारो छ ।
मुगु: देशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनको चटारो भएपनि मुगुका मतदाता कृषिकर्ममा व्यस्त छन् । चुनावले खानलाउन दिंदैन भन्दै मुगुबासी स्याउ बगैंचामा बिरुवा काँटछाँट ,गोडमेलदेखि बगैंचा घेराबारमा व्यस्त छन् ।
पुष, माघ र फागुन महिनाको समयमा स्याउ खेती गर्ने कृषकहरुलाई स्याउका बिरुवा काँटछाँट, गोडमेल, घेराबार गर्ने, निलोतुथो वा चुना लगाउने उपयुक्त समय भएकाले कृषकहरुलाई चटारो छ ।
पछिल्लो समय कर्णाली राजमार्ग सुधार भई जिल्लाको स्याउ उत्पादन हुने स्थानमा सडक सन्जालको पहुँच पुगेपछि स्याउको माग ठूला शहरहरुमा बढेको छ । जिल्लाका दर्जनै स्थानमा स्याउको राम्रो उत्पादन भएकाले फागुन दोस्रो हप्तासम्म बगैंचा व्यवस्थापन गर्नुपर्ने वाध्यता छ ।
तर पछिल्लो समय चुनावी गतिविधि गाउँ शहरमा बढेपनि किसानहरु उम्मेद्वारहरुप्रति आशावादी छैनन् । ‘चुनाबको लहर चलेपनि, यो एक दिनका लागि मात्र हो । वर्षभरी स्याउ खेतीबाट जीवन चल्छ । चुनावले के दिन्छ रु भोट पाएका नेताहरुले कृषकहरुका पिडा वा दुःख बुझ्दैनन् । यस्तोबेला चुनाव प्रचार प्रचार गर्ने नेताहरु भेट्नु भन्दा बगैंचामा गएर काम गर्नु महत्वपूर्ण हुन्छ,’ छाँयानाथ रारा नगरपालिका वडा नम्बर ७ का कृषक माया कुलालले भनिन् ।
यतिबेला चुनावमा लाग्नु भन्दा खेतीमै लाग्नु राम्रो भएको कृषक प्यारीलाल साहनीको बुझाइ छ । यस बर्ष स्याउको उत्पादन निकै राम्रो हुन सक्ने अनुमान भएको कृषि बिकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’