नागढुङ्गामा लागुपदार्थ सेवन गरी सवारी चलाउने ७ चालक पक्राउ

८ फाल्गुन, २०८२, शुक्रवार
सारांश
  • नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको नर्कोटिस कन्ट्रोल ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले जाँच अभियान सञ्चालन गरेको थियो ।

काठमाडौं: काठमाडौँको नागढुङ्गा क्षेत्रमा गरिएको विशेष जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

शुक्रबार सञ्चालन गरिएको लापसे जाँच अभियानमा तीन जना हाईस चालक, दुई जना बस चालक, एक जना ट्रक चालक र एक जना पिकअप भ्यान चालक पक्राउ परेका हुन् । उनीहरू लागुपदार्थ सेवन गरेको अवस्थामा सवारी चलाइरहेको फेला परेका थिए ।

 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको नर्कोटिस कन्ट्रोल ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले जाँच अभियान सञ्चालन गरेको थियो ।

 

नियन्त्रणमा लिइएका चालकहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

 

प्रहरीले यात्रु बोक्ने जस्ता संवेदनशील सवारी साधनका चालकले लागुपदार्थ सेवन गरी सवारी चलाउनु गम्भीर र दण्डनीय कसुर भएको जनाएको छ। यसले चालक मात्र होइन, यात्रुको जीवनसमेत जोखिममा पार्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

 

यदि कुनै चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको आशंका लागेमा यात्रुले नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल कक्षको हटलाइन नम्बर १०३ वा प्रहरी हटलाइन नम्बर १०० मा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार