- यस अवसरमा कम्पनीले स्त्री रोग, दन्त सेवा, क्यान्सर सचेतना तथा रक्तदान कार्यक्रम निःशुल्क रूपमा आयोजना गरी स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
पोखरा : अन्नपूर्ण केबलकार लिमिटेड चौँथो बर्ष पूरा गरी पाचौं बर्षमा प्रवेश गरेको छ ।
आफ्नो चौंथो वार्षिकोत्सवको अवसरमा कम्पनीले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ।
यस अवसरमा कम्पनीले स्त्री रोग, दन्त सेवा, क्यान्सर सचेतना तथा रक्तदान कार्यक्रम निःशुल्क रूपमा आयोजना गरी स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
कम्पनीका अनुसार आयोजित स्वास्थ्य शिविरबाट ४८ जनाले प्रत्यक्ष लाभ लिएका छन् भने २७ जनाले रक्तदान गरेका छन्। साथै, स्थापना कालदेखि निरन्तर रूपमा कार्यरत कर्मचारीहरूलाई सम्मानसमेत गरिएको छ। वार्षिकोत्सवलाई सामाजिक सेवा केन्द्रित बनाउँदै केबलकारले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रयास गरेको जनाएको छ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटस्थित केबलकार स्थापना कालदेखि नै नियमित सञ्चालनमा रहेको छ। बिहान सूर्योदयदेखि साँझसम्म सञ्चालन हुने केबलकार सेवाले सराङकोटबाट सूर्योदय तथा हिमालको दृश्य अवलोकन गर्न जाने पर्यटकको समय बचत गर्दै आएको छ। केवल ९ मिनेटको यात्रामा फेवाताल, लेकसाइड क्षेत्र, ग्रामीण बस्ती तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।
यसैबीच, प्रत्येक सोमबार साँझ हुने आरती दर्शनका लागि जाने दर्शकलाई विशेष सहुलियत स्वरूप प्रति टिकट २५० रुपैयाँमा साँझ ५ बजेदेखि ८ बजेसम्म सेवा उपलब्ध गराइँदै आएको छ। पर्यटकको सुविधालाई ध्यानमा राख्दै लेकसाइड क्षेत्रदेखि केबलकार स्टेशनसम्म निःशुल्क यातायातको व्यवस्था गरिएको छ भने चितवनदेखि आउने यात्रुका लागि समेत स्टेशनसम्म आउने–जाने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएका सामाजिक तथा सेवा मूलक कार्यक्रमले केबलकारको सामाजिक प्रतिबद्धता उजागर गरेकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
आइपिओ निष्कासनको अन्तिम तयारीमा रहेको अन्नपूर्ण केवलकारले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी अनलाईन टिकट बुकिङदेखि केवलकार सम्बन्धि सम्पूर्ण जानकारीसहितको एप सार्वजनिक गर्ने तयारी गरेको कम्पनीका संचालक चन्द बहादुर कार्कीले जानकारी दिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।