सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

२०८२ फाल्गुण ०२ शनिवार
सारांश
  • भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३८० तथा मोटरसाइकल  समेत बरामद भएको छ ।

सुनसरी: सशस्त्र प्रहरी बलले सुनसरी बाट पेस्तोल सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इटालीमा बनेको पेस्तोल र सोको ३ राउण्ड गोलीसहित भारतको अररिया ग्रामपंचाय –४ बस्ने ३६ बर्षका राम थेलन पासवानलाई सुनसरी गाउँपालिका–३ जमुवास्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।

 

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३८० तथा मोटरसाइकल  समेत बरामद भएको छ ।

 

नियन्त्रणमा लिइएका पासवानलाइ बरामद सामाग्रीसहित आबश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

 

यसैबीच निर्वाचनलाई लक्षित गर्दै सीमा  नाकामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले निर्देशन दिएसंगै सीमा नाकामा चेकजाँचलाई तीव्रता दिइएको छ । 

 

सोही क्रममा हतियारसहित ब्यक्ती नियन्त्रणमा लिन सफलता मिलेको हो । डिआइजी थापाले इलाम, झापा,  मोरङ  र सुनसरी जिल्लाका सीमा नाकाको स्थलगत अनुगमन गर्नुहुँदै सीमाबाट हुने अबैध क्रियाकलापमा निर्मम ढंगले लाग्न मातहत सबै युनिटलाई निर्देशन दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार