निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
२०८२ माघ २६ सोमवार
- काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्।
काठमाण्डौ, २६ माघ । काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्।
सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निकायका अधिकारीहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले सहभागितामूलक र साझेदारितामूलक संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड दिएकी हुन्।
आइतबार आयोजित छलफलमा उनले भनिन्, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो परिस्थितिमा किशोरी तथा महिलाले चरम दुव्र्यवहार भोग्नुपरेको छ। यी समस्यामा तत्काल सुधार नगरी हुँदैन।’
उनले काठमाडौंको सार्वजनिक यातायात प्रणालीलाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो बनाउने लक्ष्यसहित सोच र योजना चरणदेखि नै विज्ञ तथा सरोकारवालासँग छलफल गर्न महानगरपालिका खुला रहेको स्पष्ट पारिन् ।
आइतबार विश्व बैंकका प्रतिनिधिसँगको छलफलमा कार्यवाहक प्रमुख डंगोलले स्थानीय आवश्यकता र अवस्थाअनुसारको सार्वजनिक यातायात प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘हामी हाम्रै सन्दर्भका अध्ययनले दिएका तथ्यका आधारमा काम गर्छौँ।’
यसैदिन संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीसँग पनि भेटघाट भएको थियो। उक्त भेटमा परिषदले हालसम्म गरेको काम, तयार पारेका योजना तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो। छलफलका क्रममा जीआईएस सर्भिस, स्मार्ट ट्राफिक मोनिटरिङ प्रणाली, एकीकृत एप्लिकेसन, तथ्य तथा तथ्याङ्क संकलन र रुट व्यवस्थापनलगायत विषयमा विचार–विमर्श भएको थियो।
यसअघि साझा यातायातका अधिकारीहरूसँग भएको छलफलमा पाटन अस्पतालदेखि विभिन्न प्रमुख अस्पतालहरू जोड्ने सेवा तथा कलंकीदेखि त्रिपुरेश्वर, माइतीघर, बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म रात्रीकालीन विद्युतीय बस सञ्चालनको सम्भावनाबारे पनि कुराकानी भएको थियो।
छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, ट्राफिक विज्ञ जगतमान श्रेष्ठलगायत अधिकारीहरूले पृष्ठपोषण गरेका थिए।
महानगरपालिकाले वातावरणमैत्री र यात्रुमैत्री सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यसका लागि सूचना प्रविधिमा आधारित क्यासलेस एकीकृत यातायात प्रणाली, वास्तविक समयमा सूचना दिने प्रणाली, बस बिसौनी तथा सार्वजनिक शौचालय निर्माण, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति तथा साइकल यात्रीमैत्री सडक व्यवस्थापनलाई चुनौतीका रूपमा लिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।