उम्मेदवारी फिर्ता लिन आशिका तामाङको निर्वाचन कार्यालयमा इमेल र फोन
२०८२ माघ ०९ शुक्रवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ- १ मा उम्मेदवार बनेकी अभियन्ता आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने बताएकी छन् ।
धादिङ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ- १ मा उम्मेदवार बनेकी अभियन्ता आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने बताएकी छन् ।
शुक्रबार आशिकाले निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गर्दै उम्मेदवारी फिर्ता लिने जानकारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
आशिकाले इमेल र फोन गरेपनि आफुहरुले कार्यालयमा उपस्थित हुन आग्रह गरेको कार्यालयले जानकारी दिएको छ ।
आशिका अहिले छलफलमा रहेको र उम्मेदवारी फिर्ता लिन कार्यालय जाने तयारीमा रहेको बताइएको छ । उनले के कारणले उम्मेदवारी फिर्ता लिन चाहेकी हुन् भन्ने बारेमा भने स्पष्ट भएको छैन ।
यसअघि उनी विरुद्ध परेको उजुरी भने आयोगले खारेज गर्दै उम्मेदवारी कायम गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’