काठमाडौंका यी क्षेत्रमा आज ३ घण्टा विद्युत् कटौती हुँदै

२०८२ माघ ०३ शनिवार
सारांश
  • वितरण प्रणालीलाई भूमिगत गर्ने र प्राविधिक उपकरण जडान गर्ने कार्यका लागि बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ, ३ माघ: नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा आज ३ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । 

 

राष्ट्रपति भवन शीतल निवास क्षेत्रको वितरण प्रणालीलाई भूमिगत गर्ने र प्राविधिक उपकरण जडान गर्ने कार्यका लागि बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म पानीपोखरी फिडरअन्तर्गतका साङ्ग्रिला होटल, लाजिम्पाट, महाराजगञ्ज, शिक्षण अस्पताल, शीतल निवास, बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि सोही समयमा विद्युत् काटिनेछ ।

 

निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् आपूर्ति तोकिएको समयभन्दा पहिल्यै सुचारु हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ । विद्युत् आपूर्तिमा हुने असुविधाप्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार