डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

२०८२ पुष २९ गते मङ्गलवार
सारांश
  • स्थानीय रोशन भुजेलले भेटाएपछि प्रहरीलाई खबर गरेपछि पुस २७ गतेदेखि बस बालुवाबाट निकाल्न शुरु गरिएको थियो ।

काठमाडौँ: नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले डेढ बर्षअघि बेपत्ता भएको गणपति डिलक्स गाडीको अवशेष त्रिशुली किनारमा भेटिएको छ ।

 

बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो । बसको अवशेष पुस २७ गतेदेखि बालुवामा पुरिएको अवस्थामा भेटिएको थियो र यो गणपति डिलक्सको बेपत्ता गाडी रहेको पत्ता लागेको छ ।

 

प्रहरीले दुर्घटनाभएको भन्दै करिब ३०० मिटर तल बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको गाडी फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

स्थानीय रोशन भुजेलले भेटाएपछि प्रहरीलाई खबर गरेपछि पुस २७ गतेदेखि बस बालुवाबाट निकाल्न शुरु गरिएको थियो ।

 

२०८१ को असार २८ गते बिहान करिब ३ बजे दुवै बस सिमतालमा पहिरोले बगाएपछि बेपत्ता रहेका थिए । बसमा ६२ जना यात्रा रहेको र तीन जना मात्र बच्न सफल भएका थिए । फेला परेका चौबिस जनाका शवमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको थियो । बसमा रहेका ३५ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार