जेनजी युवा जागरण पार्टीकोे घोषणा, आन्दोलनका माग पूरा गर्न सडक संघर्ष

२०८२ पुष २२ गते मङ्गलवार
सारांश
  • पत्रकार सम्मेलनमा अध्यक्ष जीपी पोखरेलले पार्टीले युवाको सक्रिय सहभागितामा समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्ने उद्देश्य लिएको जनाकारी दिए ।

काठमाडौं: जेनजी समावेशी युवा जागरण पार्टी घोषणा भएको छ । नयाँ जेनजी आन्दोलनका अधुरा एजेण्डा पूरा गर्न सडक संघर्ष गर्ने जानकारी गराएको छ ।


मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर जेनजी युवा जागरण पार्टीले राजनीतिक, सामाजिक र आर्थिक समस्याविरुद्ध नयाँ वैकल्पिक राजनीतिक अभियान अघि बढाउने घोषणा गरेको छ ।


पत्रकार सम्मेलनमा अध्यक्ष जीपी पोखरेलले पार्टीले युवाको सक्रिय सहभागितामा समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्ने उद्देश्य लिएको जनाकारी दिए ।


‘नेपालमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, महँगी, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्याले जनताको जीवन कष्टकर बन्दै गएको छ । यस्ता समस्याको समाधानका लागि पुराना दलहरू असफल भएका छन्, युवामुखी नयाँ राजनीतिक शक्तिको आवश्यकता छ’ पोखरेलले भने ।


अध्यक्ष पोखरेलले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारको काम चुनाव गराउनुमात्रै नभएको बताउँदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको म्याडेट भुलेको दाबी गरे ।


उनले जेनजी आन्दोलनको उपलब्ध खेर जान नदिन नयाँ पार्टीको घोषणा गर्नु परेको बताए । उनले फेरि आन्दोलन गर्नुपर्ने बाध्य नबनाउन सरकारलाई चेतावनी समेत दिए ।


पार्टीका उपाध्यक्ष डेनिज पोखरेलले सबै जातजाति, भाषा, संस्कृति र वर्गको समान अधिकार सुनिश्चित गर्दै समावेशी लोकतन्त्रलाई बलियो बनाउने आफ्नो पार्टीको मुल उद्देश्य रहेको बताए ।


उनले शिक्षा र स्वास्थ्यलाई पूर्णरूपमा निःशुल्क र गुणस्तरीय बनाउनुपर्ने, रोजगारी सिर्जनामा राज्यले सक्रिय भूमिका खेल्नुपर्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने माग समेत गरे ।


सचिवालय सदस्य डा. रामगोपाल श्रेष्ठले महिलाहरू, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायलाई राज्यका सबै निकायमा समान अवसर दिनुपर्नेमा जोड दिए ।


उनले आफ्नो पार्टीले युवाहरूलाई देश निर्माणको मुख्य शक्ति मान्दै वैचारिक रूपले सचेत भई राजनीतिमा सक्रिय हुन आह्वानसमेत गरेको जानकारी गराए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार