- गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन् ।
काठमाण्डौ, २१ पुष । गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन् ।
प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन आफ्ना बुबा तेघबहादुरको निधनपछि शिखहरूको दशौँ गुरु बनेका थिए । गुरु गोविन्दले आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिएका थिए । उनी निकै शान्त स्वभावको व्यक्तित्व थिए । आफ्नो अहित सोच्ने दुस्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताका साथ सामना गर्थे । गुरु गोविन्द सिंहको 'मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई तर्साउनु हुन्छ ।' भन्ने मान्यता थियो ।
नेपालमा रहेका शिखहरूले पनि यस दिन उत्सवका साथ गुरु गोविन्द सिंह जयन्ती मनाउने गर्छन् । गुरु गोविन्द सिंह जयन्तीमा काठमाडौँको पशुपति, ज्ञानेश्वर, बालाजु, थापाथली र कुपण्डोललगायत स्थानमा रहेको गुरुद्वारामा विशेष पूजापाठ एवं भण्डारा गरेर मनाउछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’