कानुनमन्त्री सहभागी कार्यक्रममा द्वन्द्वपीडित व्यक्तिहरुले गरे नाराजुलुस

२०८२ पुष २० आइतवार
सारांश
  • द्वन्दपीडित समुदायले आयोगको पदाधिकारी र यसको प्रक्रियाविरुद्ध काठमाडौंमा आइतबार नाराजुलुस गरेका हुन् ।

काठमाडौं: बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगप्रति असन्तुष्ट द्वन्द्वपीडित समूदायका व्यक्तिहरुले नाराजुलुस गरेका छन् ।


लामो समयदेखि आयोग खारेजको माग गर्दै आएका द्वन्दपीडित समुदायले आयोगको पदाधिकारी र यसको प्रक्रियाविरुद्ध काठमाडौंमा आइतबार नाराजुलुस गरेका हुन् ।


आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बबरमहलस्थित आयोजना गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको कार्यान्वयनका आवश्यक नियमावलीको मस्यौदामाथि छलफल कार्यक्रममा उपस्थित पीडित समुदायले आयोगको पदाधिकारी नियुक्ति प्रक्रियाको प्रारम्भिक चरणदेखि नै कैफियत रहेको र पीडितको परामर्श बेगर जबर्जस्ती गर्दै अगाडि बढेकोमा आपत्ति जनाउँदै उनीहरूले बिरोध जनाएका हुन् ।


कानुनमन्त्री अनिल सिंह प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको सुरुवाती चरणमै कार्यक्रम स्थगन गरि सम्बादको वातावरण बनाउन र आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया खारेज गर्न माग गरेका पीडित समुदायले आयोग विरुद्धको नाराबाजीसँगै कार्यक्रमस्थलमै धर्ना समेत बसेका हुन् ।


लामो समयदेखि संक्रमणकालिन न्याय प्रक्रियामा पीडित समुदायले सरकार समक्ष आफ्नो माग सहितको ज्ञापन पत्र बुझाउने, ध्यानाकर्षण गराउने र सम्बादको लागि वातावरण बनाउन अपिल गर्दै आएका छन् । तर सरकारले आफ्नो मागलाई बेवास्ता गर्दै अघि बढेको पीडित पक्षको आरोप छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार