- आइतबार काठमाडौंस्थित संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै उक्त जेनजी समूहले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
काठमाडौं: जेनजी अर्जुन शाही लगायतका हजारभन्दा बढी गिरफ्तार जेनजीहरुको रिहाईका लागि जेनजेड २.० ले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
आइतबार काठमाडौंस्थित संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै उक्त जेनजी समूहले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
सोही क्रममा जेनजी २.० का प्रवक्ता अबिन लिम्बुले जेनजी आन्दोलनमाा सहभागि भएका कारण थुनामा राखिको व्यक्तिहरु पनि छन् उनीहरुलाई दोषि होइन भनेर प्रमाणसहित जाँदा पनि सुशीला कार्की सरकार कान थुनेर बसिरहेको बताए ।
उनले भने, ‘हामीले पटक पटक दोषी होइन जेनजी आन्दोलनमा सहभागि भएको कारण उनीहरुलाई थुनामा राखिको छ भनेर प्रमाणसहित जाँदा पनि सरकार किन कान थुनेर बसिरहेका छ ।’
यस्तै, उनले सरकारले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गरेर सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित तरिकाले कुनै संगठनमा संलग्न नभएको देखिएमा तत्काल मुक्त गराउने भनेपनि अहिले एक महिना हुन लाग्दा पनि रिहा नभएको बताए ।
उनले यति धेरै समय भइसक्दा पनि स्क्रिनिङ् किन नसकिएको भन्दै प्रश्न पनि गरेका छन् ।
उनले भने, ‘सरकार आफैले गरेको सहमतिमा अडान लिन सक्दैँन् भन्ने प्रष्ट भएको छ । सरकारले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गर्ने, त्यसबाट सम्बन्धीत व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित तरिकाले कुनै संगठनमा संलग्न भएको नदेखिए जाँचबुझ आयोगको प्रतिवेदन बमोजिम हुने गरि सो व्यक्तिलाई तत्काल हिरासतबाट रिहा गर्ने र निज विरुद्ध दायर भएको मद्दा फिर्ता लिन सिफारिस गर्ने भनिएको थियो तर अहिले १५ दिन मात्र होईन एक महिना नै भईसक्यो । यति धेरै समय भइसक्दा पनि स्क्रिनिङ् किन गरिसकिएको छैन् ।’
साथै, उनले यसरी नै हाम्रो कुरा नसुन्ने र निर्दोष जेनजीलाई थुनामा नै राख्ने हो भने कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’