मुख्यमन्त्री बानियाँ हेलिकोप्टरमा वनभोज खान गएको भन्दै आलोचना, आफ्नै खर्चमा गएको सचिवालयको दाबी
२०८२ पुष १७ विहीवार
- मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट सिराहा पुगेका थिए ।
काठमाडौं: बाग्मतीका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको विषय आलोचित बनेको छ ।
सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको पिकनिक खान हेलिकप्टर चढेर पुगेको भन्दै सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भइरहेको छ । अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका-१४ स्थित सर्रेअम्बासमा पिकनिक गरेका थिए । मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट सिराहा पुगेका थिए ।
चर्को आलोचना भएपछि उनको सचिवालयले भन्दै आफ्नै खर्चमा हेलिकप्टर चढेको दाबि गरेको छ । मुख्यमन्त्री बानियाका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले आफ्नै खर्चमा हेलिकप्टर चढेको दाबि गरेका हुन् ।
उनले आज जलवायु सम्बन्धी कार्यक्रममा भाग लिन सिन्धुपाल्चोकको गुम्बाडाँडा जाँदा हेलिकोप्टर लगिएको बताउदै त्यहाँ पुगेपछि सिराहाबाट कांग्रेस सभापति रामचन्द्र यादवको निम्तो आएको र त्यसतर्फ गएको बताएका छन् ।
उनले भनेका छन्- 'बागमती प्रदेशका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँज्यु आज बिहान सिन्धुपाल्चोकको गुम्बा डाँडामा भएको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम र सिरहामा भएको पार्टीको कार्यक्रममा सिरहाका आदरणीय पार्टी सभापति रामचन्द्र यादवज्यूले गर्नुभएको निमन्त्रणामा सडक मार्ग हुँदै दुवै तर्फको कार्यक्रममा सहभागी हुन असम्भव भएको हुँदा उहाँले नितान्त आफ्नो व्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत दुवै कार्यक्रममा सहभागी हुनुभएको जानकारि गराउँदै भ्रमको पछि नलाग्नु हुन सबैमा जानकारी गराउँदछु ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाउने सहमति
-
पार्टी बैठक राख्नेबारे हर्कको जवाफ– अरू पार्टीजस्तो होइन, श्रमदान नै हाम्रो बैठक हो
-
काठमाडौँमा ग्यासको चरम अभाव, महानगर प्रहरीले वितरणमा सहजीकरण गर्दै
-
सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट
-
योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाम पार्टीभित्र किन रडाको ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।