रमेश लेखक जाँचबुझ आयोगमा आज बयान दिन जाँदै

२०८२ पुष १४ सोमवार
सारांश
  • पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिन जाँदैछन् ।

काठमाण्डौ, १४ पुष । पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिन जाँदैछन् ।

 

लेखकको सचिवालयले उनी अपराहन्न १२ बजे बयानका लागि आयोगमा जाने जानकारी दिएको छ । साथै लेखकले दिउसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन समेत गर्ने भएका छन् ।

 

आयोगले गत शुक्रबारसम्म बयान दिन पत्र लेखेको भएपनि लेखकले सोमबार बयान दिन आउने जानकारी आयोगलाई गराएको बताएका थिए ।

 

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गत मंगलबार पत्र लेख्दै बयानका बोलाएको थियो ।

आफ्नो अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले लेखकको बयानपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार