रौतहटस्थित ज्योती डिस्टिलरीमा विस्फोट, एक मजदुरको मृत्यु

२०८२ पुष १२ शनिवार
सारांश
  • विस्फोटका कारण घटनास्थलमै एक जना कामदारको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

रौतहट : रौतहटको कटहरिया नगरपालिका वडा नम्बर–९ स्थित ज्योती डिस्टिलरीमा बोइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

 

विस्फोटका कारण घटनास्थलमै एक जना कामदारको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

 

प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा व्यापक क्षति पुगेको छ ।

 

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि वीरगञ्ज तर्फ लगिँदै गरिएको जनाइएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार