जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

२०८२ पुष ११ शुक्रवार
सारांश
  • शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन् ।

जनकपुर: जनकपुरधाममा महिला अभियानीहरुले बांगलादेशविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।


बांगलादेशमा केही दिनअघि निर्ममतापूर्वक हिन्दू समुदायका युवा दिपु दासको हत्या गरिएको विरोधमा शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन् ।


उनीहरुले मो.युनुश मुर्दावाद, बांगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर लगायतका नारा लगाउँदै प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।


महिला अभियानीहरुले मो. युनुसको नाममा माटोको खपरी फोडेर विरोध जनाएका छन् । उनीहरुले मों युनुसको फोटोसहितको प्लेकार्ड पनि जलाएका छन् ।


कुनैपनि हिन्दुको हत्या गर्नेहरुको विरोध गर्ने भन्दै आफूहरुले आज विरोध प्रदर्शन गरेको महिला अभियानी विभा ठाकुरले बताइन ।


उनले हिन्दू सनातन धर्ममा कसैको पनि हत्या गर्न नमिल्ने र जिउँदो जलाउन नमिल्ने भनेकोले हिन्दू माथिको आक्रमण सहन गर्न नसिकने बताइन ।


अभियानी ठाकुरले रोहंगिया बांगलादेशि मुस्लमानहरु दिनहु नेपाल प्रवेश गरेको भिडियो र तस्विरहरु सार्वजनिक भइरहेकाले सरकारले यसलाई रोक्न ठोस कदम उठाउनुपर्नेमा जोड दिइन ।


हिजो मात्र जनकपुरधाममा साधुसन्तको नेतृत्वमा भव्य विरोध र्याली निकालिएको थियो । बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको हत्या भएदेखि नेपाल र भारतका विभिन्न स्थानहरुमा दिनहु विरोध प्रदर्शन हुँदै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार