- भक्तपुरको सूर्यविनायक नगरपालिका-५ चुनदेवीबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका ३२ वर्षीय कुशल मगर समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ : प्रहरीले भक्तपुर, ललितपुर र दार्चुलाबाट जुवातास खेलिरहेका ३१ जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-५ चुनदेवीबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका ३२ वर्षीय कुशल मगर समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, भक्तपुर नगरपालिका-८ च्यामासिंह बस्ने माईला मारीखुको घरमा जुवातास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-७ बागेश्वरी बस्ने ५१ वर्षीय नारथ कार्की समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७३ हजार ७ सय २५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-२ आँगन पाटी प्यालेसको पछाडि रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ इमाडोल बस्ने गोरखा घर भएका ३२ वर्षीय सुनिल क्षेत्री समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोवाटोबाट र प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ४ सय ४७ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी दार्चुलाको महाकाली नगरपालिका-४ नमुना टोल खलंङ्गा बजार बस्ने ४२ वर्षीय गौरव लाल चुनाराको घरमा जुवातास खेलिरहेको अवस्थामा गौरव समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ५ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’