प्रवासी श्रमिकको मताधिकार र सामाजिक सुरक्षाको मागसहित ट्रेड युनियन कांग्रेसको र्याली

२०८२ पुष ०५ शनिवार
सारांश
  • वैदेशिक रोजगारमा जाने श्रमिकहरु गन्त्वय मुलुकमा जान उनीहरु ठगिन नपरोस भनेर मन्त्रालय सदैव सचेत रहेको र त्यसका लागि मन्त्रालयले त्यसबारे सुक्ष्म तवरले काम गरिरहेको समेत बताए ।

काठमाडौं: सन १९९० मा संयुक्त राष्ट्र संघले आप्रवासी श्रमिकहरुको हक, अधिकारका लागि अन्र्तराष्ट्रिय कानुन पास गरेपछि विश्वव्यापी रुपमा आप्रवासन दिवस मनाउन थाले पश्चात विभिन्न देशहरुले सो अवसरमा उनीहरुका अधिकारका लागि विविध प्रकारका कार्यक्रम हरु मनाउन थालिएको छ ।


सो अवसरमा नेपालमा पनि यस वर्ष नेपाल सरकारले ‘श्रम आप्रवासनको चक्रमा सुशासन, सुरक्षित मर्यादित सिपयुक्त आप्रवासन’ भन्ने मुल नाराका साथ डिसेम्बर १८ बाट एक हप्ते कार्यक्रमहरु आयोजना गर्ने तय गरे अनुरुप नेपाल ट्रेड युनियन कांगे्रस, वैदेशिक रोजगार सेलले पनि आज माईतिघर मण्डलाबाट ¥याली गर्दै नयाँ बानेश्वरमा सडक सम्वाद कार्यक्रमको आयोजना गरेर मनाएको छ ।


सो अवसरमा कार्यथलो बाट श्रमिकहरुलाई मताधिकार , प्रवासी श्रमिक तथा आश्रित परिवारलाई सामजिक सुरक्षाको व्यवस्था , स्वदेशमै मर्यादित रोजगारी को व्यवस्था, वैदेशिका रोजगारीलाई मर्यादित र सुरक्षित रोजगारी बनाउने , प्रवासी श्रमिकहरुलाई सामाजिक सुरक्षा नियमित गर्ने , रिटर्नी श्रमिकहरुको सिप तथा अनुभवलाई सदुपयोग गर्ने लगायतको नाराहरु सहित ट्रेड युनियन कांगे्रसले रयाली सहित सडक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।


सडक सम्वाद कार्यक्रमका प्रमुख अतिथी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले नेपाल सरकारले सकारात्मक तवरले प्रवासी श्रमिकहरुको हक अधिकारका लागि नितीगत काम हरु गरिरहेको , उनीहरुको मर्यादित र सुरक्षित रोजगारीका लागि पनि मन्त्रालय क्रियाशिल रहेको र ट्रेड युनियन कांगे्रस जस्ता संस्थाहरु संग हातेमालो गर्दै प्रवासी श्रमिकहरुका अधिकारका लागि काम गर्न मन्त्रालय सदैव तयार रहेको समेत बताए ।


वैदेशिक रोजगारमा जाने श्रमिकहरु गन्त्वय मुलुकमा जान उनीहरु ठगिन नपरोस भनेर मन्त्रालय सदैव सचेत रहेको र त्यसका लागि मन्त्रालयले त्यसबारे सुक्ष्म तवरले काम गरिरहेको समेत बताए ।


सोही सम्वाद कार्यक्रममा नेपाल ट्रेड युनियन कांगे्रसका अध्यक्ष योगेन्द्र कुवँरले आप्रवासी श्रमिकहरुको अधिकारका लागि यस संस्थाले प्रत्येक वर्ष यस प्रकारको कार्यक्रमहरु गर्दै आई रहेको र तत्कालीन सरकारले गत चैत्रमा पनि वैदेशीक रोजगारमा जाने श्रमिकहरुको स्वस्थ्य चेकअपमा बढाईएको शुल्क बारे विरोध गरेको र हाल पनि बढाएकोमा ट्रेड युनियन कांगे्रसले विरोध जनाएको र हिजो मात्र मन्त्रिी स्तरीय निर्णयानुसार सो बढाउन लागिएको निणर््ाय खारेज गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।


सो सडक सम्वाद कार्यक्रम वैदेशीक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका उपे्रति, सार्क टे्रड युनियनका महासचिव लक्ष्मण बस्नेत लगायत ले पनि प्रवासी श्रमिकहरुका अधिकार का लागि आ आफनो धारणा राखेका थिए ।


सडक सम्वादका अध्यक्षता गर्नु भएको नेपाल टे«ड युनियन कांगे्रसका महासचिव तथा वैदेशीक रोजगार सेलका प्रमुख अजय कुमार राई ले प्रमुख अतिथी , अतिथी ज्यु हरु र सहभागि सबै साथीहरुलाई विशेष धन्यवाद दिदै आप्रवासी श्रमिकहरुको अधिकारका लागि टे्रड युनियन कांगे्रस सदैव प्रतिवद्ध रहेको र यसै चुनाव बाट सबै प्रवासी श्रमिकहरुलाई विदेश बाटै मताधिकार लागि प्रयास गरि रहेको र निर्वाचन आयोगमा समेत गएर औपचारिक रुपमा सो बारे ज्ञापन पत्र बुझाई सकेको बताएका थिए । स्मरण रहोस कि हाल करिब ७६ लाख नेपालीहरु आप्रवासी श्रमिकका रुपमा कार्यरत छन र नेपालको जिडिपीमा करिब ३० प्रतिशत उनीहरुको योगदान रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार