बंगलादेशमा कट्टरपन्थीहरूद्वारा हिन्दू युवकको विभत्स हत्या

२०८२ पुष ०४ शुक्रवार
सारांश
  • मृतक युवकको पहिचान दीपु चन्द्र दासको रूपमा गरिएको छ।

एजेन्सी: बंगलादेशमा जारी राजनीतिक अस्थिरता र हिंसाका बीच फेरि एकपटक कट्टरपन्थीहरूले एक हिन्दु युवकको निर्मम तरिकाले हत्या गरेका छन्। मयमनसिंह जिल्लामा अल्लाह निन्दाको आरोप लगाउँदै मुस्लिम कट्टरपन्थीहरूले उनको हत्या गरेका हुन्।

 

हत्या गरिएका हिन्दु युवकको नाम दीपु चन्द्र दास रहेको छ। उनी भालुका उपजिल्लाको दुबालिया पारा इलाकामा भाडामा बस्दै आएका थिए।  उनि एक कपडा कारखानामा काम गर्थे। प्राप्त जानकारी अनुसार, बिहीबार राति करिब ९ बजे मुस्लिम कट्टरपन्थीहरुको एक समूहले उनलाई पैगम्बर मोहम्मदका विरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लगाएका थिए।

 

आक्रोशित भीडले उनलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरी हत्या गरेको थियो। घटना यतिमा मात्र सीमित रहेन; हत्यापछि दीपुको शवलाई रुखमा बाँधेर आगो लगाइएको थियो।

 

घटनाको जानकारी पाएपछि प्रहरीले जलेको अवस्थामा रहेको शवलाई पोस्टमार्टमका लागि मयमनसिंह मेडिकल कलेज अस्पताल पठाएको छ। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको बताए पनि हालसम्म कोही पक्राउ परेका छैनन्।

 

अल्पसंख्यक हिन्दु समुदाय माथिको बढ्दो आक्रमण:
बंगलादेशमा शेख हसिनाको सरकार ढलेपछि (अगस्ट २०२४ पछि) हिन्दू, बौद्ध र क्रिश्चियन जस्ता अल्पसंख्यक समुदायमाथि शृंखलाबद्ध आक्रमणका घटनाहरू बढेका छन्। मन्दिर तोडफोड, घरमा आगजनी र 'मब लिन्चिङ' (भीडद्वारा हत्या) का घटनाले त्यहाँका अल्पसंख्यकहरू त्रसित छन्।

 

राजनीतिक अस्थिरता:
यो घटना यस्तो समयमा भएको हो जब बंगलादेशमा हसिना विरोधी नेता शरीफ उस्मान हादीको मृत्युपछि व्यापक हिंसा र प्रदर्शन भइरहेको छ। देशमा कानुन व्यवस्था कमजोर हुँदा कट्टरपन्थी समूहहरूले 'ईश्वर निन्दा' लाई हतियार बनाएर व्यक्तिगत रिसइबी साध्ने गरेको मानवअधिकारवादीहरूको आरोप छ।

 

गत वर्षः अगष्टमा बंगलादेशमा भएको बिद्रोह पश्चात त्यहाँको बहुसंख्यक मुस्लिम समुदायका कट्टरपन्थिहरूले झुटा आरोप लगाउदै हात्या हिंसाको शृंखला नै चलाएका छन्।  सुरक्षा निकाय, प्रशासन र युनुसको सरकार मुकदर्शक बनिरहेको छ। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार