- आज विश्वभर अन्तर्राष्ट्रिय तटस्थता दिवस मनाइदैछ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ ।
काठमाण्डौ, २६ मङ्सिर । आज विश्वभर अन्तर्राष्ट्रिय तटस्थता दिवस मनाइदैछ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ ।
यो राष्ट्रसंघद्वारा घोषित तटस्थता दिवस हो । तुर्किमेनिस्तानद्वारा १९९५ मा प्रस्तावित महासभाद्वारा प्रस्ताव नम्बर ७१/२७५ मार्फत विनामतदान पारित गरिएदेखि यो दिवस मनाउन थालिएको पाइन्छ ।
शान्तिका लागि तटस्थताको आवश्यकतालाई ध्यानमा राख्दै हरेक वर्ष संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरू मार्फत दिवस मनाउने गरेको छ । राष्ट्रहरूको आन्तरिक नीतिमा तटस्थताको सिद्धान्त लागू गर्न सके मात्र विश्व शान्तिको नारा गुञ्जायमान रहन्छ भन्नेमा राष्ट्रसंघको विश्वास रहेको पाइन्छ । राष्ट्रसंघको मुख्य कार्यहरुमा कूटनीति प्रमुख मध्य पर्दछ ।
राष्ट्रसंघले तटस्थताको पैरवीका साथै रोकथामका कुटनीतिको पनि पैरवी गर्दै आएको छ । आसन्न भारत पा विवाद, मध्यपूर्व र पश्चिमा देशहरूको तनाव, उत्तर दक्षिण कोरिया विवाद लगायतहरुमा राष्ट्रसंघले तटस्थताको पैरवी र मध्यस्थतताको कार्य गर्दै आएको छ । विशेषगरी विश्वयुद्धताका ध्रुविकृत भएका देशहरूमा विश्व परिवेश भन्दा पनि गुटवन्दी र समूहको प्रभाव बढी देखिएको थियो । अबको विश्वमा सबै राष्ट्रहरूको सार्वभौमिकताको पहिचान स्वीकार गर्दै तटस्थ र शान्ति मैत्री विश्व समाजको अवधारणा यस दिवसले अघि सारेको छ ।
राजनीतिक द्वन्द्व, संकट युद्वसमेतबाट आक्रान्त भइरहेका वखत कूटनीतिसमेत प्रतिक्रियामा आधारित भई विकास भइरहेको समयमा द्वन्द्व संकट र युद्वसमेतलाई रोक्ने ध्येयले थालनी भएको ‘प्रिभेन्टिभ डिप्लोमेसी’को आरम्भसमेत मान्ने गरिएको यो दिवस नेपालजस्ता विकासोन्मुख देशहरूका लागि उपयोगी हुने ठानिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।