- संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँदै आइएको छ ।
काठमाण्डौ, २५ मङ्सिर । आज अन्तराष्ट्रिय पर्वतीय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँदै आइएको छ ।
दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरुको आयोजनामा विभिनन्न कार्यक्रम आयोजना हुँदैछन् । हरेक वर्ष आजकै दिन (११ डिसेम्बर) मनाइने यो दिवस विश्वसामु यी महत्वपूर्ण तर उपेक्षित क्षेत्रको सम्मान गर्न आह्वान गर्ने दिन पनि हो । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा 'पानी, खाना र जीविकोपार्जनको हिमनदी पहाड महत्त्वपूर्ण छन्' भन्ने रहेको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावरणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरुको भनाई छ । पृथ्वीको २५ प्रतिशत भू–भाग पर्वतीय क्षेत्रले ओगटेको छ । विश्वको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस यसै क्षेत्रमा बसोवास गर्छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’