- अधिकारी र भण्डारीलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो।
काठमाडौं: प्रहरी हिरासतमा रहेका नेपाल नागरिक उड्डययन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको थुनछेक बहस आज हुँदैछ।
भक्तपुरस्थित नलिनचोक स्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका अधिकारीविरुद्ध शुक्रबार थुनछेक नसकिएपछि आजका लागि तोकिएको हो। बकपत्र र थुनछेक बहसका लागि अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको विशेष अदालतमा उपस्थित गराइएको थियो।
अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलास तोकिएको थियो। तर यो इजलासका एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको प्रक्रिया अगाडि नबढेको विशेष अदालतले जनाएको छ।
अधिकारीसहितले सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारले निकालेको छ।
अधिकारी र भण्डारीलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो।
अख्तियारले अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’