महिलामाथिको हिंसा विभेदको कारण र परिणाम दुवै होः सपना प्रधान मल्ल

२०८२ मङ्सिर २१ आइतवार
सारांश
  • आइतबार नेपाल पर्यटन बोर्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित ब्रेक द स्टिग्मा ४.० कार्यक्रमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन अनुसार विभेद महिला हिंसाको परिणाम र कारण दुबै हुनसक्ने बताएकी हुन् ।

काठमाडौं : सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले महिला हिंसाको कानुनको सवालमा अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गरेको तर हिंसाको कुरा नगरेको बताइन् । 

 

आइतबार नेपाल पर्यटन बोर्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित ब्रेक द स्टिग्मा ४.० कार्यक्रमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन अनुसार विभेद महिला हिंसाको परिणाम र कारण दुबै हुनसक्ने बताएकी हुन् । 

 

‘अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन । विभेद हिंसाको कारण हो र विभेद हिंसाको परिणाम पनि हुनसक्छ । यसलाई कारण र परिणामको रुपमा पनि हेर्न सकिन्छ,’ उनले भनिन् । 

 

न्यायाधीश मल्लले हिंसामा परेका महिलालाई न्याय दिन काम गरिरहेको पनि प्रयाप्त नभएको बताइन् ।

 

उनले भनिन्, ‘महिलाको बलात्कार हुँदा कहाँ बलात्कार भयो भनि लोकेसन खोज्ने हैन नि उसको शरीरमाथि भएको छ । उसको शरीरनै घटनास्थल हो भन्ने नजिर हामीले स्थापित गरेका छौ । हामीले गरिरहेका छौ तर निश्चय नै त्यो प्रयाप्त छैन । अहिले हरेक दिन फरक फरक मुद्धाहरु पनि आइरहेका छन् ।’

 

उनले पुरुष पनि पीडित हुन सक्ने भन्दै सबै पुरुष दोषि हुन भन्ने पूर्वाग्रह राख्न नहुने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार