काठमाडौँ महानगरमा एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
२०८२ कार्तिक २९ शनिवार
- साझेदारसँगको सहकार्यमा काठमाडौँ महानगरले गएको १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।
काठमाण्डौ, २९ कार्त्तिक । साझेदारसँगको सहकार्यमा काठमाडौँ महानगरले गएको १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।
पशुकल्याणका लागि काम गर्ने संघसंस्थाहरुसँगको सहकार्यमा कार्तिक १४ (२०८२) बाट सबै वडामा बन्ध्याकरणको काम सुरु गरिएको हो । बन्ध्याकरण गरिएका कुकुर/विरालोलाई रेविज विरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशुचिकित्सक डा. पूजा खनालले जानकारी दिएकी छन् ।
गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेविज विरुद्धको खोप दिइएको थियो । महानगरपालिकाले २०७९/०८० सामुदायिक कुकुर विरालोलाई रेविज विरुद्ध खोप दिने र बन्ध्याकरण गर्ने कार्यक्रमलाई नियमित सञ्चालन गरिरहेको छ ।
यस वर्ष गएको असोज २२ गते सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट आवेदन आह्वान गरिएको थियो । आवेदनमध्ये छनोट भएका ५ वटा संघसंस्थाहरुलाई वडा छुट्याएर जिम्मेवारी दिइएको छ ।
यसरी प्रदान गरिएको जिम्मेवारीमा स्नेहाज केयरलाई वडा नम्बर २, ८, १२, १३, १४ र २९ गरी ६ वटा वडा जिम्मेवारी दिइएको छ । जसमध्ये केयरले वडा नम्बर १४ मा १५६ वटाको बन्ध्याकरण गरेको छ । काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक)लाई वडा नम्बर ११, २१, २२, २४, २८ र ३० गरी ६ वटा वडाको जिम्मेवारी दिइएको छ । जसमध्ये सेन्टरले वडा नम्बर ११ मा २९ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।
पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपीसीए) लाई वडा नम्बर १, ३, ४, ५, १८, २६ र २७ गरी ७ वटा वडाको जिम्मेवारी दिइएको छ । जसमध्ये समाजले वडा नम्बर १ मा ६२ वटा कुकुरको र वडा नम्बर ३ मा ८४ वटा कुकुरको बन्ध्याकरण गरेको छ । मण्डला भेटनरी अस्पताललाई वडा नम्बर ६, १०, २३, २५, ३१ र ३२ गरी ६ वटा वडा दिइएको छ । जसमध्ये अस्पतालले वडा नम्बर ६ मा ३३ वटा र ३२ मा ३४४ वटाको बन्ध्याकरण गरेको छ ।
काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर) लाई वडा नम्बर ७, ९, १५, १६, १७, १९ र २० गरी ७ वटा जिम्मा दिइएको छ । सेन्टरले अहिलेसम्म वडा नम्बर १६ मा ४०३ वटा कुकुरको बन्ध्याकरण गरेको छ । सामुदायिक कुकुरको बन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति कार्तिक १३ गते सम्झौता गरेर १४ गतेबाट नै काम थालनी गरिएको हो ।
यस वर्ष पुस अगाडि करिब ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना छ । थप बजेटको व्यवस्था हुन सके थप ४ हजारको बन्ध्याकरण गर्ने योजना रहेको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । एउटा कुकुर वा विरालोको बन्ध्याकरण गरेर रेविज विरुद्धको खोप लगाएवापत महानगरपालिकाले २ हजार ५ सय रुपियाँ भुक्तानी दिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।