- विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
काठमाण्डौ, २८ कार्त्तिक । आज विश्व मधुमेह दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
यस बर्षको विश्व मधुमेह दिवसको नारा 'मधुमेह र कल्याण' रहेको छ भने 'कार्यस्थलमा मधुमेह' मा केन्द्रित उप-अभियान पनि रहेको छ । यो अभियानको उद्देश्य मधुमेह भएका व्यक्तिहरूले काममा सामना गर्ने चुनौतीहरू, जस्तै भेदभावको बारेमा जागरूकता जगाउनु र रोजगारदाताहरूलाई सहयोगी र स्वस्थ कार्य वातावरण सिर्जना गर्न प्रोत्साहित गर्नु रहेको छ ।
मधुमेह अर्थात् डायबिटिजको समस्या पछिल्लो पटक सामान्य जस्तै हुन थालेको छ । जुनसुकै उमेर समूहका व्यक्तिमा पनि यो समस्या देखिने सम्भावना रहने चिकित्सक बताउँछन् । नियन्त्रणमा राख्न सके यो समस्या जति सामान्य हो अनियन्त्रित हुँदा त्यति नै घातक पनि हुन्छ । रगतमा ग्लुकोजको मात्रा निर्धारितस्तर भन्दा बढी हुँदा मधुमेह रोग हुने गर्छ । यो रोग लाग्दा शरीरमा आवश्यकताभन्दा कम इन्सुलिन बन्न थाल्छ । यसले गर्दा ग्लुकोज समुचित रूपले डढेर ऊर्जामा परिवर्तन हुन पाउँदैन र त्यही कारण रगतमा ग्लुकोजको मात्रा बढ्छ ।
चिकित्सकहरूका अनुसार अव्यवस्थित जीवनशैलीदेखि वंशाणुगतसम्मका कारणले मधुमेह हुन सक्दछ । मधुमेह नियन्त्रणमा राख्न नसके मिर्गौला, मुटुलगायतलाई असर पार्न सक्छ । यो रोग लाग्न नदिन र लागिसकेपछि पनि सुरक्षित जीवन बिताउन नियमित व्यायाम, सन्तुलित आहार विहार र व्यवस्थित जीवनशैली अपनाउनुपर्ने चिकित्सक बताउँछन् । मधुमेहका कारण स्वास्थ्यमा अनेक समस्या आउन सक्ने भएकाले समयमै सतर्कता अपनाउन जरुरी छ । यसका लागि वर्षमा कम्तीमा १ पटक स्वास्थ्य परीक्षण गराउनै पर्ने चिकित्सक बताउँछन् ।
मधुमेहसम्बन्धी जनचेतना फैलाउने, रोकथामका उपायबारे कुरा गर्ने, मधुमेहबाट हुन सक्ने खतराबाट जोगिन गर्नुपर्ने सावधानीसम्बन्धी जनचेतना फैलाउने, मधुमेह लाग्नबाट गर्नुपर्ने उचित बानी–व्यवहार, खानपान आदि कुराको विश्वव्यापी रूपमा जानकारी दिनु नै यो दिवसको मुख्य उद्देश्य हो । नेपालमा करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ । दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउँदा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।