गृहमन्त्री अर्यालसँग महानिरीक्षक खापुङको बिदाई भेट

२०८२ कार्तिक २६ बुधवार
सारांश
  • नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाई भेट गरेका छन् ।

काठमाडौँ, २६ कार्त्तिक । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाई भेट गरेका छन् ।

 

सिंहदरबारस्थित गृहमन्त्रालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित भएका थिए । खापुङलाई गृहमन्त्री र गृहसचिवलगायतले शुभकामना दिदै बिदाई गरेका थिए ।  

 

खापुङ आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जादैछन् । सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको छ । कार्की २०८४ को चैत्र १७ गतेसम्म महानिरीक्षकको भूमिकामा रहने छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार