भारतीय पुर्व क्रिकेटर रैना र धवनको करोडौंको सम्पत्ति जफत !

२०८२ कार्तिक २१ शुक्रबार
सारांश
  • ईडीको अनुसन्धानले रैना र धवनले जानाजानी बेटिंग एप र यसका प्रतिनिधिहरूलाई प्रवर्द्धन गर्न विदेशी संस्थाहरूसँग समर्थन सम्झौता गरेको देखिएपछि सम्पत्ति जफत गर्ने कदम चालेको उल्लेख छ ।

काठमाडौँ, २१ कार्त्तिक । पूर्व भारतीय क्रिकेटर सुरेश रैना र शिखर धवनको समस्या बढेको छ । बिहीबार, प्रवर्तन निर्देशनालय (इडी) ले बेटिंग एप मुद्दाको सम्बन्धमा दुवैको ११.१४ करोड भारुको सम्पत्ति जफत गरेको छ । भारतीय मिडियाहरुका अनुसार धवनको अचल सम्पत्ति र रैनाको म्युचुअल फन्डमा लगानी गरेको ६.६४ करोड भारु जफत गर्न मनी लान्ड्रिंग रोकथाम ऐन अन्तर्गत अस्थायी आदेश जारी गरिएको छ ।

 

पूर्व क्रिकेटर सुरेश रैना र शिखर धवनलाई हालै प्रवर्तन निर्देशनालय (इडी) ले सोधपुछ गरेको थियो । उनीहरूको बयान रेकर्ड गरिएको थियो । इडीले हाल अवैध बेटिंग एपहरूसँग सम्बन्धित धेरै मुद्दाहरूको अनुसन्धान गरिरहेको छ । एजेन्सीले यस्ता बेटिंग एपहरू गैरकानूनी मात्र होइनन् तर ठूलो मात्रामा मनी लान्ड्रिंगलाई पनि सहज बनाउने विश्वास छ । यी एपहरूमा लाखौं व्यक्ति र लगानीकर्ताहरूलाई करोडौं रुपैयाँ ठगी गरेको वा पर्याप्त कर छली छल्ने आरोप छ । इडीले यस मामिलामा आफ्नो कारबाही तीव्र बनाउदै कैयौं फिल्म स्टार र क्रिकेटरहरू देखाइएका विज्ञापनहरू बारे अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा, क्रिकेटर र फिल्म उद्योगका सेलिब्रेटीको भूमिकाको अनुसन्धानलाई पनि अगाडि बढाइएको बताइएको छ ।

 

ईडीको अनुसन्धानले रैना र धवनले जानाजानी बेटिंग एप र यसका प्रतिनिधिहरूलाई प्रवर्द्धन गर्न विदेशी संस्थाहरूसँग समर्थन सम्झौता गरेको देखिएपछि सम्पत्ति जफत गर्ने कदम चालेको उल्लेख छ । यी दुई बाहेक, ईडीले यस अनुसन्धानको एक भागको रूपमा युवराज सिंह र रोबिन उथप्पा, अभिनेता सोनु सूद, उर्वशी रौतेला, मिमी चक्रवर्ती र अंकुश हाजरा (बंगाली अभिनेता) लगायतसँग पनि सोधपुछ गरेको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार