ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

२०८२ कार्तिक १७ सोमवार
सारांश
  • छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा आजदेखि ब्रह्मा मन्दिरमा पुनःस्थापना गरिएको हो । मुर्तिलाइ बग्गीमा राखेर बाजागाजा सहित मन्दिरमा प्रवेश गराइएको थियो ।

काठमाडौं :काठमाडौं महानगरपालिका वडा –८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ ।

 

काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का वडाअध्यक्ष आशामान सङ्गत, महानगरपालिकाका नगरउपप्रमुख सुनिता डङ्गोल, पशुपति क्षेत्र विकास कोषका निमित्त कार्यकारी निर्देशक सुवासचन्द्र जोशी, वडासदस्यहरू सरस्वती राज भण्डारी, शेखर देउला, राजलक्ष्मी भण्डारी, सलोनी ओडारी लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरूको सहभागीतामा मूर्ति पुनः स्थापना गरिएको हो ।

 

छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा आजदेखि ब्रह्मा मन्दिरमा पुनःस्थापना गरिएको हो । मुर्तिलाइ बग्गीमा राखेर बाजागाजा सहित मन्दिरमा प्रवेश गराइएको थियो ।

 

उक्त मन्दिरको समुद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आगामी कात्तिक २१ गते गर्ने तयारी गरिएको छ ।

तस्विर ः सुजन तिमल्सिना

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार