सिन्धुलीमा कार दुर्घटनाः विराटनगरका एक जनाको मृत्यु, दुई घाइते

२०८२ कार्त्तिक ११ मङ्गलवार
सारांश
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खस्दा मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो।

रामेछाप :बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मङ्गलबार बिहान सडकबाट  कार खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खस्दा मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो।

 

दुर्घटनामा ओमबहादुरकी ४९ वर्षीया पत्नी सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

 

उपचारका क्रममा चालकसमेत रहेका ओमबहादुरको मृत्यु भएको र उनकी पत्नीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। छोरा निशान्तको अवस्था मध्यम रहेकाले थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ।

 

प्रहरीका अनुसार दुर्घटना बिहान करिब ८ बजे भएको हो। कार तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।

 

घटनास्थलमा इलाका प्रहरी कार्यालय सुनकोसीको टोली खटिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार