हेटौडा उपमहानगरपालिकामा जनगुनासो बढ्दो, सेवा प्रवाह अस्तव्यस्त
२०८२ कार्त्तिक ११ मङ्गलवार
- नगरपालिकाको कर शाखा लगायतका कार्यालयहरू खुला त देखिन्छन् तर काम भने ठप्पजस्तै रहेको जनगुनासो छ । केही कर्मचारी आफ्नो मोबाइल चलाउन व्यस्त छन् भने अरू चिया–गफमै समय बिताइरहेका देखिन्छन् ।
मकवानपुर :बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकामा हाल न त मेयर मीनाकुमारी लामा छन्, न त उपमेयर राजेश बानिया नै सक्रिय देखिन्छन् । यद्यपि कार्यालय खुलेको भए पनि सेवा प्रवाह अत्यन्त अस्तव्यस्त बनेको स्थानीयले गुनासो गरेका छन् ।
नगरपालिकाको कर शाखा लगायतका कार्यालयहरू खुला त देखिन्छन् तर काम भने ठप्पजस्तै रहेको जनगुनासो छ । केही कर्मचारी आफ्नो मोबाइल चलाउन व्यस्त छन् भने अरू चिया–गफमै समय बिताइरहेका देखिन्छन् । कर तिर्न वा अन्य कामका लागि कार्यालय पुगेका सर्वसाधारणले लामो प्रतीक्षा गर्नुपरेको र कुनै पनि जिम्मेवार व्यक्ति उपलब्ध नहुँदा असन्तुष्टि जनाएका छन् ।
स्थानीयको भनाइमा, ‘नगरपालिकाले सेवा दिने जिम्मा लिए पनि नेतृत्व अभावमा सबै प्रक्रिया ढिलो भइरहेका छन् । न त समयमै काम हुन्छ, न त उत्तरदायी कोही भेटिन्छ ।’
जनताको करबाट सञ्चालन हुँदै आएको हेटौडा उपमहानगरपालिकाले जनगुनासो सम्बोधन गर्न तथा सबै अभिलेख र सेवा प्रक्रियालाई पारदर्शी बनाउन तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।