छठ पुजा :अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन ब्रतालुहरु जलाशयमा
२०८२ कार्त्तिक १० सोमवार
- कार्तिक शुक्ल चौथी तिथी देखि सुरु भएको छठको पहिलो दिन नहाय खाय, दोश्रो दिन खरनाको बिधि सकेका ब्रतालुहरुले आज मुख्य दिन अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन जलाशय पुगेका हुन ।
रौतहट : लोक आस्थाको महापर्व छठ पुजाको आज तेस्रो दिन जलाशयमा पुगेर ब्रतालुहरुले अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन थालेका छन ।
कार्तिक शुक्ल चौथी तिथी देखि सुरु भएको छठको पहिलो दिन नहाय खाय, दोश्रो दिन खरनाको बिधि सकेका ब्रतालुहरुले आज मुख्य दिन अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन जलाशय पुगेका हुन । अहिले चन्द्रपुर, दुर्गा भगवती, गौर, गरुडा, इशनाथ, कटहरिया, गढीमाई, माधवनारायण सहित जिल्लाका १८ वटै पालिकामा रहेका पवित्र जलाशय, पोखरी, नदी किनारमा भिडभाड बढेको छ ।
जिल्ला प्रहरी कार्यलय रौतहटले छठघाटहरुमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।छठको चौथो दिन विहान उदाउदै गरेको सुर्यलाई ब्रतालुहरुले अर्घ दिएपछि चार दिने महापर्व सकिन्छ ।
नयाँ माटोको चुल्हो वा ग्यास चुल्होमा खाजा, ठेकुवा, कसार, पुरिकिया, खजुरी सहितका सामग्रीहरु बनाएर बाँसको छैटी,डलिया र सुपलीमा राखेर छठ घाटमा गएर पुजा गर्ने धार्मिक प्रचलन रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’