छठ पर्वको अवसरमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको शुभकामना सन्देश
२०८२ कार्त्तिक १० सोमवार
- उनले यस्ता पर्वहरूले सामाजिक सम्बन्धलाई बलियो बनाउने मात्र नभैइ, राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा समेत योगदान पुऱ्याउँदै आएको बताए ।
काठमाडौँ, १० कार्त्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सूर्य भगवानको आराधना गरी श्रद्धा, भक्ति र आस्थाका साथ मनाइने पवित्र पर्व छठको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन् ।
खड्काले जारी गरेको शुभकामना सन्देशमा ‘छठ’ पर्व नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको अद्वितीय प्रतीकका रूपमा स्थापित भएको उल्लेख गरिएको छ । उनले यो पर्वले समुदायमा सामूहिक भावना, अनुशासन, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि बताएका छन् ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त देश भएकाले यहाँका विविध चाडपर्वहरूले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना सुदृढ पार्दै आएको बताए ।
उनले यस्ता पर्वहरूले सामाजिक सम्बन्धलाई बलियो बनाउने मात्र नभैइ, राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा समेत योगदान पुऱ्याउँदै आएको बताए ।
खड्काले श्रद्धा र भक्ति सहित मनाइने ‘छठ पर्व’ले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गरोस् र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’