तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो

२०८२ कार्त्तिक ०९ आइतवार
सारांश
  • आज सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

काठमाडौं : तिहारपछि नेपाली बजारमा सुनको भाउ आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो ।

 

आज सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।

 

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला २६५ रुपैयाँ घटेको हो । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार