तिहारको बेला फूलको चरम अभाव

२०८२ कार्त्तिक ०५ बुधवार
सारांश
  • फूलको सिजन सुरु हुनु अघि नै तिहार आएको कारण जिल्लामा फूलको अभाव भएको हो ।

रामेछाप : रामेछापमा  यस वर्षको तिहारमा फूलको चरम अभाव भएको छ ।

 

फूलको सिजन सुरु हुनु अघि नै तिहार आएको कारण जिल्लामा फूलको अभाव भएको हो । तिहारमा चाहिने सयपत्री र मखमली फूल कात्तिक १५ पछि मात्र फुल्ने भएको कारण अहिले किसानले बारीमा लगाएको फूल फुलेकै छैन । अझ बेसिजनको वर्षाको कारण धेरैले लगाएको सयपत्री फूल खुइलिएर गएको गुनासो  छ ।

 

व्यावसायिक रूपमा अघिल्लो वर्ष लगाएको फूलले बजार नपाएको कारण पनि यस वर्ष व्यावसायिक किसानहरूले जिल्लामा व्यावसायिक रूपमा मखमली फूलको खेती गरेनन् । त्यसले गर्दा पनि मन्थली लगायत बजार केन्द्रहरूमा फूलको चरम अभाव भएको छ ।  

 

अघिल्लो वर्ष लगाएको सयपत्री फूल बिक्री नभएकाले यस वर्ष फूल नलगाएको मन्थली नगरपालिका–५ का किसान रामबहादुर साहीले बताए ।

 

‘पोहोर साल बिक्री भएन, यस वर्ष बजारमा फूलको माग छ, तर खेती लगाइएन’, उनले भने ।

 

अहिले मन्थली बजारका उपभोक्ताले पूजा गर्ने फूल पाएका छैनन् । एक÷दुई ठाउँमा देखिने सयपत्री फूल पनि किनिसक्नु छैन । आठ÷दश थुङ्गा फूललाई एक सय रुपैँया पर्ने उपभोक्ताहरूको गुनासो छ । सानो गुच्छा फूलको मूल्य समेत २ सय रुपैँया पर्ने र एउटा माला बनाउन कम्तीमा एक हजार रुपैँयाको फूल लाग्ने उपभोक्ताको गुनासो छ ।

 

फूलको अभावको कारण मानिसहरूले घरका ढोका र गेटमा समेत माला लगाउन सकेका छैनन् । जसले गर्दा कतिपयले प्लास्टिकका कृत्रिम माला लगाएका छन् ।

 

प्लास्टिकका फूल बिक्रीका लागि प्रतिबन्ध लगाएको भए पनि उपभोक्ताहरू फूल नपाउँदा प्लास्टिकका माला किन्न बाध्य छन् । बजारमा फूल अभाव भएको मौका छोपेर व्यापारीहरूले प्रतिबन्धित प्लास्टिकका मालाहरू महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार