दोलखामा जिप दुर्घटना : चार घाइते एकको अवस्था गम्भीर
२०८२ कार्त्तिक ०४ मङ्गलवार
- ग २ च ३४०० नम्बरको जिप आज ब्रेक फेल भएर सडकको भित्तामा ठक्कर खाँदा दुर्घटना भएको हो। जिपमा सात जना सवार थिए।
रामेछाप : दोलखाको भीमेश्वर नगरपालिका–९ स्यासीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ग २ च ३४०० नम्बरको जिप आज ब्रेक फेल भएर सडकको भित्तामा ठक्कर खाँदा दुर्घटना भएको हो। जिपमा सात जना सवार थिए।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर श्रीराम तिमलसिनाका अनुसार दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया गंगाकुमारी श्रेष्ठ घाइते भएका हुन्।
प्रहरीका अनुसार गोमा भुजेलको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि काठमाडौ पठाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।