- ९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपियाँमा काम भएको हो । २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो ।
काठमाडौं : काठमाडौँ महानगरपालिकाले सहरका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान कार्य सम्पन्न हुने चरणमा पुर्याएको छ । हाइ मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए ।
९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपियाँमा काम भएको हो । २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो ।
यो काम सक्नु पर्ने अवधि आउँदो पुस ३० गतेसम्म भए पनि तिहार पर्वको उल्लासका लागि बत्ती जडान गर्ने लक्ष्यसहित काम गरिएकोले तिहार अघि नै काम सकिएको, महाशाखा प्रमुख नेपालीले जानकारी दिए ।
महाशाखा प्रमुख नेपालीले भने- '६२ वटा चोकमध्ये २१ वटा चोकमा १२ दशमलव ५ मिटरका पोल जडान गरिदै छ । यस पोलमा ६ वटा बत्ती जडान हुदै छ ।४१ वटा चोकमा १६ मिटर अग्ला पोल गाडिनेछन् । यी पोलमा ८ वटा बत्ती हुनेछन् ।’
यी बत्तीहरु १ हजार वाट क्षमताका हुन् । सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ ।
हाइमास्ट जडान गरिएका चोकहरु
मनोहरा पार्क नरेफाँट, जडीबुटी चोक, कोटेश्वर चोक, तीनकुनेका तीन कुनामा एकएक वटा, अन्तरराष्ट्रिय विमान स्थल प्रवेश द्वार अगाडि र वहिर्गमन द्वार अगाडि, तिलगंगा, गौशाला, मित्रपार्क, गौरी घाट, चावहिल चोक, चुच्चेपाटी चोकमा हाइमास्ट बत्ती जडान गरिएको हो ।
यस्तै सुकेधारा चोक, शिक्षण अस्पताल महाराजगञ्ज चोक, कान्ति अस्पताल, नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि, बानेश्वर चोक, बिजुली बजार आर्क ब्रिज, माइतीघर मण्डला क्षेत्रको नयाँ बानेश्वर तर्फ, नेपाली सेनाको कम्पाउण्डतर्फ र सिंहदरबारतर्फ गरी ३ ठाउँमा, बालाजु बाइपास, बालाजु चोक, नयाँ बस पार्कमा २ वटा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अगाडि, सोह्रखुट्टे चोक, लैनचौर ग्राउण्ड, लाजिम्पाट, दूग्ध विकास संस्थान अगाडि, गैरीधारा, नारायणहिटी, पब्लिक युथ क्याम्पस, इन्द्रायणी मन्दिर, टेकु पुल, कालीमाटी चोक, कालीमाटी ट्राफिक आइल्याण्ड, कालीमाटी तरकारी बजार, थापाथली पुल नजिक बत्ती राखिएको छ ।
त्रिपुरेश्वर चोक, थापाथली, भद्रकाली, सुन्धारा, न्युरोड गेट, बीर अस्पताल अगाडिको चोक, असन चोक, बसपार्कको मुख्य प्रवेश द्वार, कलंकी चोक, डल्लु पुल वारि एउटा र पारि एउटा, परोपकार, छाउनी वीरेन्द्र सैनिक अस्पताल अगाडि, स्वयम्भू भगवान पाउ, नारायण चौर, लगन, दरबारमार्गबाट रत्नपार्क तर्फको खण्ड, जमल, कान्तिपथ, वडा नम्बर ६ को शान्ति पार्कमा हाइ मास्ट जडान गरिएको छ ।
सडक बत्तीका लागि काम थालिँदै
महाशाखा प्रमुख नेपालीले भने- 'काठमाडौँमा रातको समयमा पनि निर्धक्क हिँड्न सक्ने वातावरणका लागि चाहिने प्रकाश व्यवस्था गर्न महानगरपालिकाले करिब ९० करोड रुपैयाँ लागतमा सडक बत्तीको व्यवस्था गर्दैछ । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन महानगरपालिकाले आधुनिक बत्ती जडान गर्न लागेको हो ।’
स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गराउन, रात्रीकालीन सहरी सौन्दर्यलाई एकनाशको बनाउन ५ हजार ३१८ वटा पोलमा १३ हजार ३४० वटा बत्ती राखिँदैछन् ।
यो काम अहिले सार्वजनिक खरिद प्रक्रियामा छ । यसका लागि २०८२ असोज १२ गते सार्वजनिक सूचना प्रकाशित भएको छ । काठमाडौँको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर काम गर्ने योजना अनुरुप ४ वटै प्याकेजमा प्रक्रिया अगाडि बढेको नेपालीले बताए ।
पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन् । वहुवर्षिय योजना अन्तर्गत यी वडामा सडक बत्ती राख्न २६ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका १ हजार वटा, ९० वाट क्षमताका २ हजार १५० वटा र १२० वाट क्षमताका ६ सय सडक बत्ती राखिनेछन् ।
उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रमा सडक बत्ती राख्न वहुवर्षिय योजना अन्तर्गत २८ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका ९ सय वटा, ९० वाट क्षमताका २ हजार ५ सय वटा र १२० वाट क्षमताका ६३० वटा बत्ती राखिनेछन् ।
मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । वहु वर्षे योजना अन्तर्गत यस क्षेत्रमा सडक बत्ती राख्न १२ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका ८७० वटा, ९० वाट क्षमताका ८६० वटा र १२० वाट क्षमताका १ सय वटा बत्ती राखिनेछन् ।
पश्चिम क्षेत्रमा वडा नं. १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रमा सडक बत्ती राख्नका लागि बहुवर्षे योजना अन्तर्गत २४ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका ८ सय वटा, ९० वाट क्षमताका २ हजार ४३० वटा र १२० वाट क्षमताका ४८० वटा बत्ती राखिनेछन् ।
महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता गरेर सहरका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गरिएका छन् । ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपियाँ लागतको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोरेर काम भएको हो । दुई साझेदार कार्यालयको सहभागितामा गरिएको कामका लागि सडक विभागसँग सहमति लिइएको थियो ।
यो काम अन्तर्गत महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइती घर मण्डलादेखि बागबजार सम्म, बागबजारदेखि शितल निबाससम्म, सिनामंगल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान गरिएको हो ।
यसै गरी विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान गरिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।