विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

२०८२ कार्त्तिक ०३ सोमवार
सारांश
  • प्रधानमन्त्री सुशिला कार्कीसहित मन्त्रीहरुले विपिन जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । सो अवसरमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेलसहितले विपिनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

काठमाडौँ : विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अपर्णको कार्यक्रम गरिएको छ ।

 

प्रधानमन्त्री सुशिला कार्कीसहित मन्त्रीहरुले विपिन जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । सो अवसरमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेलसहितले विपिनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । 

 

आजै केहि बेरमा विपिनको शव धनगढी लगिने भएको छ ।धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

 

इजरायलले आइतबार औपचारिक रुपमा बिदाइ गर्दै विपिनको शव नेपाल पठाएको हो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि इजरायली सेनाले आज नेपाल फर्काउने तयारी गरेको हो । इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार