सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेका वडा अध्यक्षसहित ८ जनाविरुद्ध मुद्धा दायर

२०८२ असोज ३१ शुक्रवार
सारांश
  • अख्तियारले कैलालीको जानकी गाउँपालिका-९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जना प्रतिवादीहरुले सोही वडामा नै मृत्युदर्ता पंजिकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरु आफैले औठाछाप लगाई प्रमाणितसमेत गरेको र नविकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी गराई प्रतिवादीहरुले आफूसमेतलाई लाभ र सरकारलाई हानीनोक्सानी पुर्याएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका-९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जनाविरुद्ध सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

 

अख्तियारले कैलालीको जानकी गाउँपालिका-९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जना प्रतिवादीहरुले सोही वडामा नै मृत्युदर्ता पंजिकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरु आफैले औठाछाप लगाई प्रमाणितसमेत गरेको र नविकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी गराई प्रतिवादीहरुले आफूसमेतलाई लाभ र सरकारलाई हानीनोक्सानी पुर्याएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।

 

उनीहरुले कुल ७३ लाख ३७ हजार ६२७ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । अख्तियारले वडा अध्यक्ष खकेन्द्र भण्डारी  र तत्कालीन वडा सचिव प्रेम बहादुर बुढालाई जनही ७३ लाख ३७ हजार ६२७ कै बिगो तोकेको छ । त्यस्तै वडाका कार्यालय सहयोगी सोनम कठरियालाई ९ लाख २० हजार ४००, वडाका तत्कालीन खरिदार पूर्ण बहादुर विष्टलाई २४ हजार बिगो र कानुन अनुसार सजाय माग गरको छ भने वडाका सदस्य कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावल, शेर बहादुर विश्वकर्मालाई कैद तथा जरिवाना माग गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार