- शनिबार जनकपुरधामका युवायुवतीहरुले आफ्नो सांस्कृति पहिरन धोती, कुर्ता तथा सारी लगाएर अभियानको शुरुवात गरेका छन् ।
जनकपुर, २५ असोज । जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् ।
शनिबार जनकपुरधामका युवायुवतीहरुले आफ्नो सांस्कृति पहिरन धोती, कुर्ता तथा सारी लगाएर अभियानको शुरुवात गरेका छन् ।
मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले उनीहरुले उक्त अभियान शुरु गरेका बताएका छन् ।
मिथिलाको मुख्य पोसाकले मिथिलाको पहिचान झल्काउछ भन्दै उनीहरुले आफ्नो पहिचानलाई बचाई राख्न र लोप हुनबाट बचाउन उक्त अभियानलाई निरन्तरता दिने बताए ।
ब्राण्डेड डिजाइन र विदेशी पहिरनको देखावटी गर्ने अहिलेको आधुनिक युगमा मिथिलाको सारी लगाउने परम्परा पनि ओझेल हुन लागेकोप्रति उपस्थित युवायुवतीहरुले चिन्ता व्यक्त गरे ।
उनीहरुले मिथिलाको नारीको पहिचान सारी मात्र रहेको भन्दै आफूहरुले स्पष्ट सन्देश दिनका लागि युवतीहरु सारी लगाएर आएको बताए ।
युवायुवतीहरुले सांस्कृतिक पहिरन जोगाउनका लागि आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा विचारविमर्ष समेत गरेका छन् ।
उनीहरुले जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा जम्मा भई जानकी मन्दिर प्राङ्गणसम्म पैदल हिँडेर संस्कृति पहिरनको प्रदर्शन गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’