- विहिबार टियु क्रिकेट मैदान पुगेका मन्त्री घिसिङलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिहरुले निर्माणमा भएको प्रगति र अगामी योजना बारे ब्रिफिङ गरेका थिए ।
काठमाडौं : ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणको अन्तिम चरणमा पुगेको किर्तिपुरस्थित क्रिकेट रंगशालाको अनुगमन पुगेका छन् ।
विहिबार टियु क्रिकेट मैदान पुगेका मन्त्री घिसिङलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिहरुले निर्माणमा भएको प्रगति र अगामी योजना बारे ब्रिफिङ गरेका थिए ।
अनुगमनका क्रममा घिसीङले अहिले १०-१२ हजार दर्शक बस्ने स्थान निर्माण सम्पन्न भएको र फ्लड लाइट एक महिनामा सकिने जानकारी दिदै यस रंगशालाको अन्य निर्माणका काम पनि एकै पटक अगाडी बढाउने बताए । यो रंगशाला देशकै प्रतिष्ठाको विषय भएको भन्दै बजेट सुनिस्चित गरेर यसको बाँकी निर्माण पनि छिटो गर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’