- शव हुम्लाको चंखेली गाउँपालिका चार माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० बर्षीया कर्मा बोहराको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुरा: बाजुरामा सडेगलेको अवस्थामा भेटिएको वेवारिसे शवको पहिचान खुलेको छ । बुधबार बाजुराको हिमाली गाउँपालिका झुगलास्थि कर्णाली नदीमा उक्त शव फेला परेको थियो ।
उक्त शव हुम्लाको चंखेली गाउँपालिका चार माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० बर्षीया कर्मा बोहराको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
कर्मासंगै एक युवक केही दिनअघि घरबाट सम्पर्कविहीन भएका थिए । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । सोही गाउँका अन्दाजी २३ बर्षका हंस बुढाथोकीसँग कर्मा भागेकी थिइन् तर पछि दुवैजनाले सँगै कर्णाली नदीमा हाम फालेको बताइएको छ ।
त्यसवेला खवर गर्दा उनको कुनै खवर नभएको तर १२ दिनपछि बाजुरामा शव भेटियो उनका आफन्तले बताए ।
कर्मासंगै हाम फालेका युवक भने हालसम्म कतै नभेटिएको बताइएको छ । कोल्टी अस्पतालमा हुम्लाबाट मृतक युवतीका बुवासहित आफन्तहरु समेत पुगेका हुन् । उनले घाँटीमा लगाएको सिक्री र शारीरिक बनावटका आधारमा सनाखत गरिएको हो ।
मृतक युवतीको शव कोल्टी अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।