बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते, कोल्टी अस्पतालमा उपचार हुँदै

२०८२ असोज २२ बुधवार
सारांश
  • ग्यारेजमा जिप मर्मत गरि सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देववहादुर चौतरीले बताए ।

बाजुरा : बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बुधबार दिउँसो बाजुराको जगन्नाथ गाउँपालिका वडा.नम्बर १ गेडेखोलास्थित कर्णाली करिडोरमा दुर्घनामा परेको हो ।

 

ग्यारेजमा जिप मर्मत गरि सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देववहादुर चौतरीले बताए ।

 

उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ बर्षका दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको बताएका छन्।

 

जिप सडकबाट करिब ७५ मिटर तल खसेको हो । दुर्घटनामा परि दुई जना घाईते भएका छन् भने चालक सकुशल रहेका छन्। घाईते हुनेमा गौमुल गाउँपालिकाका अन्दाजी १८ बर्षका सन्तोष बोहरा र वतन नखुलेका खुदिर कुमार ग्यारेजको मिस्त्री रहेका छन्।

 

घाईते दुबै जनाको हात,खुट्टा र टाउकोमा चोट लागेको र  उपचारको लागी कोल्टी आधारभूत अस्पताल ल्याईएको बताईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार