देशभर बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

२०८२ असोज २१ मङ्गलवार
सारांश
  • जसमा सबै भन्दा धेरै इलाममा रहेका छन् ।

काठमाडौँ: देशभर बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । 

 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गतेदेखि २१ गतेसम्म बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।

 

जसमा सबै भन्दा धेरै इलाममा रहेका छन् । इलाममा पहिरोबाट ३७ र बाढीमा एक जना गरि ३८ जनाको मृत्यु भएको छ । त्यस्तै उदयपुर,  धनुषा र पाँचथरमा २-२ जना, काभ्रे, खोटाङ, मोरङ, सुनसरीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै रौतहटमा २ जनाको चट्याङ लागेर र एक जना बाढी,मा परेर मृत्यु भएको छ ।

 

बाढी र पहिरोमा परेर हाल सम्म ६ जना बेपत्ता रहेका छन् । जसमा रसुवामा ४ जना, भोजपुर र इलाममा एक एक जना रहेका छन् ।  असोज १७ गतेदेखिको बाढी र पहिरोमा परेर हाल सम्म ४७ जना घाइते रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार