मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटियो

२०८२ असोज २० सोमवार
सारांश
  • अध्ययनले मंगलको जेझेरो क्रेटरमा रहेको ‘ब्राइट एन्जल’ संरचनामा खनिज र कार्बनिक पदार्थको उपस्थिति देखाएको छ । जसले ग्रहमा कहिल्यै बासयोग्य अवस्था र सूक्ष्मजीव प्रक्रियाहरू रहेको संकेत गर्दछ ।

काठमाडौं : मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटिएको एक नयाँ अध्ययनले सुझाएको छ । नासाको नेतृत्वमा गरिएको अनुसन्धानमा इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूले महत्त्वपूर्ण सन्दर्भ उपलब्ध गराएका हुन् ।

 

अध्ययनले मंगलको जेझेरो क्रेटरमा रहेको ‘ब्राइट एन्जल’ संरचनामा खनिज र कार्बनिक पदार्थको उपस्थिति देखाएको छ । जसले ग्रहमा कहिल्यै बासयोग्य अवस्था र सूक्ष्मजीव प्रक्रियाहरू रहेको संकेत गर्दछ ।

 

अनुसन्धान टोलीका सदस्य प्रा.सञ्जीव गुप्ताले यो खोजलाई ‘जीवनका सम्भावित बायोसिग्नेचर’ भने पनि यसलाई प्रत्यक्ष जीवनको खोज ठान्न नमिल्ने बताएका छन् । ‘यसलाई सुनिश्चित गर्न, ढुंगाका नमूनालाई पृथ्वीमा ल्याएर थप विश्लेषण आवश्यक छ,’ उनले भने ।

 

नासाको मार्स २०२० मिसनअन्तर्गत २०२१ देखि जेझेरो क्रेटरमा रहेका पर्सेभेरेन्स रोभरले अनुसन्धान गरिरहेको छ । करिब ४५ किलोमिटर फराकिलो यो क्रेटर अतीतमा ठूलो ताल र नदी डेल्टाले भरिएको थियो भन्ने मानिन्छ, जसलाई जीवनका संकेत खोज्न प्रमुख स्थल मानिएको छ ।

 

पर्सेभेरेन्स रोभरको मुख्य उद्देश्य मंगलका ढुंगा र माटोका नमूना संकलन गरी भविष्यमा पृथ्वीमा ल्याई विस्तृत परीक्षण गर्नु हो । यस अध्ययनले मंगल ग्रहमा एक समय शान्त तालको वातावरण रहन सक्ने सम्भावनालाई अझ मजबुत पारेको छ ।(एएनआइ)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार