अविरल वर्षाले जनधनको ठुलो क्षति, तीन दिनमा ४६ जनाको मृत्यु
२०८२ असोज २० सोमवार
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।
काठमाडौं : देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पु¥याएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको तीनदिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।
प्रभावित क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा देखिएको छ, जहाँ पहिरोका कारण ३७ जनाले ज्यान गुमाएका छन् ।
रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । पाँचथर, खोटाङ, काभ्रे, मोरङ, रसुवा, भोजपुर, ललितपुर, मकवानपुर, ताप्लेजुङ र धनकुटाजस्ता जिल्लाहरूमा पनि विभिन्न कारणले मानवीय क्षति भएको छ ।
विशेषगरी पहिरो, बाढी, चट्याङ र खोलाको बगावटले मानवीय क्षति पु¥याएको बताइएको छ । इलामको माङसेबुङ गाउँपालिकामा पहिरोमा परेर गर्भवती महिलासहित दुई जना फसेका थिए भने झापामा बाढी र डुबानमा परेका १६ जनाको हेलीकोप्टरमाफृत उद्धार गरिएको हो ।
नेपाल सरकारको गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणले उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जनाएको छ । स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वयंसेवकहरूले राहत वितरण, उद्धार तथा पहिरो प्रभावित क्षेत्रमा सडक तथा संचार व्यवस्था पुनःस्थापनाका लागि काम गरिरहेका छन् ।
सरकारले थप वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आम जनतालाई आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।