- काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरने सवारी साधनको आवत- जावतमा भने रोक लगाइएको छ ।
काठमाडौँ: काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । बाढी, पहिरो तथा सम्भावित विपद् जोखिमलाई मध्येनजर गरी यात्रुको सुरक्षाको लागि रातको समयमा विभिन्न नाका हुँदै काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरने सवारी साधनको आवत- जावतमा भने रोक लगाइएको छ ।
पहिरो र बाढीका कारण आवातजावत अवरुद्ध भएका सडकखण्डहरू:
१- कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका ८ बगुवा र भर्याङडाँडा तथा बकैया गाउँपालिका ११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ ।
२- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी बजार नजिकै रहेको खोलाको पुलमा बाढीको प्रभाव परेकोले सिस्नेरी-काठमाडौँ सडक अवरुद्ध भएको छ ।
३- विपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला , बुलढुंगा र मंगलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवत-जावत अवरुद्ध भएको छ ।
४- कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन् ।
५- पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् ।
६- रसुवाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।
७- मध्य पहाडी लोकमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागस्थानमा सडकमा खसेको पहिरोले गर्दा सवारी आवागमन प्रभावित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’