इलाममा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, धेरै बेपत्ता
२०८२ असोज १९ आइतवार
- जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ३५ जनाको ज्यान गएको छ।
विराटनगर : अविरल वर्षा र पहिरोका कारण इलाममा मानवीय क्षति लगातार बढ्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ३५ जनाको ज्यान गएको छ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी कालीदास धौवजीले दिएको जानकारी अनुसार अझै धेरै व्यक्ति बेपत्ता रहेका छन्। सुरक्षाकर्मीको टोली निरन्तर उद्धार कार्यमा सक्रिय छ र बेपत्ता तथा घाइतेको खोजी–उद्धारमा खटिएको छ।
धौवजीले थपे, ‘अविरल वर्षा र पहिरोका कारण पहुँच मुश्किल भएको स्थानमा उद्धार कार्य चुनौतीपूर्ण छ। सबै प्रभावित क्षेत्रमा तत्काल राहत र सुरक्षा सुनिश्चित गर्न प्रयास जारी छ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’