संचार सम्पर्क अवरुद्ध भए मन्त्रालयमा सम्पर्क गर्न मन्त्री खरेलको आग्रह
२०८२ असोज १८ शनिवार
- संचारमन्त्री जगदीश खरेलले अहिले मन्त्रालयमा आकस्मिक बैठक बसेर कहींकतै संचार सम्पर्क अवरुद्ध भए तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा राखिएको बताए ।
काठमाडौं : संचार तथा सूचना प्रबिधि मन्त्रालयले भमरी वर्षाका कारण कहिकतै संचार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
संचारमन्त्री जगदीश खरेलले अहिले मन्त्रालयमा आकस्मिक बैठक बसेर कहींकतै संचार सम्पर्क अवरुद्ध भए तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा राखिएको बताए ।
मन्त्री खरेलले सामाजिक सञ्जालमा उक्त विषयबारे जानकारी दिदै लेखेका छन्, ‘भारी बर्षा भइरहेको छ । सबै सुरक्षित तथा सचेत रहनुहोला । जुनसुकै ठाउँमा संचार सम्पर्क अबरुद्ध भएमा एनटिसी १४९८, एनसेल ९००५, आइएसपी ९८०१८७८९४१ र मन्त्रालयको सिधा नम्मर ९८४१५२०११५ मा खबर गर्नुहोला । तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा छ । हामी पनि आकस्मिक बैठक गरेर तयारी अवस्थामा छौं । मेरो सचिवालयको सिधा नम्बर ९८५१४१०१०१, कृपया सबैले सावधानी अपनाऔं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’