- मन्त्रालयले आज प्रकाशित एक सूचनामार्फत आगामी दुई दिनका लागि बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
काठमाडौं : नेपाल सरकार, गृह मन्त्रालयले देशभर असोज १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रालयले आज प्रकाशित एक सूचनामार्फत आगामी दुई दिनका लागि बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।
वर्षाका कारण बाढी, डुवान, भू–क्षय जस्ता विपद् उत्पन्न हुने सम्भावनाका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, साथै मानवीय क्षति समेत हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सतर्कता अपनाउँदै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय लिएको हो ।
यस अवधिमा नागरिकहरूलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार, सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै निर्णय गरिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।