कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य उपस्थित हुन निर्देशन
२०८२ असोज १८ शनिवार
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले असोज १८ गतेभित्र सबै जिल्लास्थित कार्यालय प्रमुखहरूले कार्यस्थलमा पुगिसक्ने व्यवस्था मिलाउन भनेको हो ।
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले असोज १८ गतेभित्र सबै जिल्लास्थित कार्यालय प्रमुखहरूले कार्यस्थलमा पुगिसक्ने व्यवस्था मिलाउन भनेको हो ।
सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै सतर्कता, पूर्वतयारी र प्रतिकार्यमा जुट्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।
यस सन्दर्भमा मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सो निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न अनुरोध गरिएको छ ।
सरकारले मौसम पूर्वानुमानलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन र जोखिम न्यूनीकरणमा सबै तहका सरकारी निकायलाई सक्रिय रहन आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।